शनिबार, वैशाख ८, २०८१

नेपाल-खनाल समूहले पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने

मेरोन्यूज २०७८ वैशाख ८ गते १८:००

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने भएको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले विहिबार अपिल जारी गर्ने निर्णय गरेको हो ।

पार्टी स्थापना दिवसको अवसर एकताको आह्वानसहित अपिल जारी गर्ने बताइएको छ । पार्टीभित्रको विवाद कसरी र कसको कारणले सिर्जना भयो भन्ने पनि अपिलमा उल्लेख गरिने जनाइएको छ । बैठकले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको प्रतिवादसहित जवाफ बिहीबार दिने निर्णय गरेको छ ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार मात्र माधव नेपाल समूहका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए । राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद पदबाट हटाउन खोजेको भन्दै नेपाल समूह सर्वोच्च अदालत पनि गएको छ । तर आज समय अभावका कारण रिट निवेदन दर्ता हुनेसकेन ।

प्रतिक्रिया