शनिबार, वैशाख ८, २०८१

देशभर एकैदिन थपिए २३५१ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा मात्र एक हजार ५१ जनामा कोरोना

मेरोन्यूज २०७८ वैशाख ८ गते १६:३१

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ३५१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको छ । ८ हजार ८ सय ४४ नमुना परीक्षण गर्दा २ हजार ३५१ केरोना पुष्टि भएको हो ।

सोही अवधिमा थप २८७ जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९३.३ प्रतिशत पुगेको छ ।

उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा एक हजार ५१ जना थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना गरी १ हजार ५१ जना थपिएका हुन् । थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । क्वारेनटीनमा ८६ जना छन् । भने आइसीयूमा १८० र भेन्टीलेटरमा ४७ जना उपचाररत छन् ।

प्रतिक्रिया