शुक्रबार, वैशाख ७, २०८१

कांग्रेसले भन्यो – ‘आफ्नो नेतृत्वमा छिट्टै सरकार बन्छ’

मेरोन्यूज २०७८ वैशाख ८ गते १६:११

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन छिट्टै फिर्ता लिने बताएका छन् ।

पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता सकारात्मक भएको सभापति देउवाले बैठकमा जानकारी गराएको उपस्थित एक शिर्ष नेताले बताए । ति शिर्ष नेताका अनुसार सभापति देउवा आजको बैठकमा आफ्नो नेतृत्वमा छिट्टै सरकार बन्ने उत्साहित हुदै ब्रिफिङ गरे ।

केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुन्छ । ‘जसपा जसरी पनि हामीतिरै आउँछ भने माओवादीले औपचारिक रुपमै समर्थन फिर्ता लिने बैठकमा सभापति देउवाले बताएका ति शिर्ष नेताले मेरो न्युजलाई बताए ।

यसैगरी, कांग्रेसको अर्को वैठक बैशाख १२ गते बस्ने गरी आजको बैठक सकिएको सभापति देउवाका स्वकिय भानु देउवाले जानकारी दिए ।

प्रतिक्रिया