शनिबार, वैशाख १५, २०८१

माओवादीले सरकारको समर्थन फिर्ता गर्ने अधिकार प्रचण्डलाई दियो

मेरोन्यूज २०७८ वैशाख ८ गते १५:४१

काठमाडौँ । नेकपा माओवादी सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको नेत्री पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार अब प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन कुनैपनि बेला फिर्ता गर्न सक्नेछन् ।

प्रतिक्रिया