बिहीबार, वैशाख १३, २०८१

सीईडीबी हाइड्रोपावरले वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने

मेरोन्यूज २०७८ वैशाख ८ गते १५:३३

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) दिने भएको छ ।

उक्त कम्पनीले बैशाख १७ गतेदखि २१ सम्म रु १ सय रुपैँयाका दरले २५ लाख १८ हजार २ सय ३० कित्ता शेयर बिक्रि गर्ने जनाएको छ । कम्पनीले ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशत शेयर जारी गर्न लागेको छ ।


कम्पनीले ५० हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीलाई, १ लाख २५ हजार ९ सय ११ कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको जनाएको छ ।
कम्पनीको शेयरमा कम्तिमा १० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।

प्रतिक्रिया