शनिबार, वैशाख ८, २०८१

अत्यावश्यक कामबाहेक त्रिभुवन विमानस्थल प्रवेशमा रोक

मेरोन्यूज २०७८ वैशाख ८ गते १५:१६

काठमाडौं । कोरोना जोखिम बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थलमा प्रवेश नगर्न अनुरोध गरेको छ ।

स्वदेश तथा विदेशबाट आउने जाने आफन्तजनलाई बिदाइ र स्वागतमा पनि बन्देज लगाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय नागरिक उड्डयन कार्यालयले सूचना निकालेर कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न र आफ्ना कर्मचारीलाई सुरक्षित राख्नका लागि सो अनुरोध गरेको हो ।

विमानस्थल प्रवेश गर्दा सरकारले जारी गरेको निर्देशन तथा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न पनि विमानस्थल प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया