बिहीबार, वैशाख १३, २०८१

अफगानिस्तानमा सैनिक कारबाहीमा १५ जना लडाकू मारिए

मेरोन्यूज २०७८ वैशाख ८ गते १४:५८

एजेन्सी । अफगानिस्तानको दक्षिणी कन्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकू मारिएको जनाइएको छ ।

त्यहाँको रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिए अनुसार बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । कारबाहीमा अरु पाँच जना तालिबानी लडाकू घाइते भएका थिए ।

सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले मद्दत गरेको रक्षा मन्त्रालयले जानाएको छ । विद्रोही तालिवानका एउटा कारबम, तीनवटा मोटरसाइकल सहित ठूलो संख्यामा हातहतियार बरामद भएको जनाएएको छ । सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको देखिएको छ ।

प्रतिक्रिया