मंगलबार, चैत ६, २०८०

कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी यादवलाई

मेरोन्यूज २०७८ वैशाख ८ गते १३:४४

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी महादेवप्रसाद यादवले पाउने भएका छन् । नेपाली कांग्रेसको आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले कानुन व्यवसायी यादवलाई निर्वाचन समिति संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि केन्द्र निर्वाचन समिति संयोजक राधेश्याम अधिकारी थिए । अधिकारीले गत चैत २० गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा राजीनामा दिएका थिए । सोही बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको थियो। उनी राष्ट्रियसभाका पूर्व सदस्य तथा पूर्व महान्याधिवक्ता समेत हुन् ।

प्रतिक्रिया