शुक्रबार, वैशाख ७, २०८१

दिल्ली सरकारले मजदुरलाई ५ हजार सहयोग गर्ने

मेरोन्यूज २०७८ वैशाख ८ गते १३:०१

मुम्बई । दिल्ली सरकारले मजदुरलाई पाँच हजार सहयोग गर्ने भएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसका कारण मजदुरहरुको रोजीराटी गुमेको भन्दै निर्माण कार्यमा जोडिएका मजदुरहरुलाई ५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने बताएका हुन्।

कोरोना भाइरसको महामारी बढ्दै गएपछि दिल्ली एक साताका लागि लकडाउन गरिएको छ। दिल्ली सरकारले ज्यालादारी र प्रवासी मजदुरका लागि सेल्टर निमार्ण गरी खाना, पानी र मेडिकल सम्बसिन्ध सेवा उपलब्ध गराउने छ।

प्रतिक्रिया