शनिबार, वैशाख ८, २०८१

कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा जारी

मेरोन्यूज २०७८ वैशाख ८ गते १२:२०

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीले सत्ता समीकरणबारे छलफल थालेका छन्। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ ।

बैठकले माओवादी केन्द्र र जसपासँग सत्ता समीकरणका लागि जारी छलफलको समीक्षा तथा थप रणनीति तय गर्ने बताइएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको बैठकमा सत्ता समीकरण र १४ औं महाधिवेशन, क्रियाशील सदस्यतामा देखिएको विवादका विषयमा छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रतिक्रिया