बुधबार, वैशाख १२, २०८१

सभामुख सापकोटा विरुद्धको मुद्दा सम्वैधानिक इजालसमा

मेरोन्यूज २०७८ वैशाख ८ गते १२:०४


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दा सम्वैधानिक इजालसमा सुनुवाई हुने भएको छ ।

आजको दैनिक कार्यसूचिमा यो मुद्दा सम्वैधानिक इजालसमा सुनुवाईका लागि पेशी चढाईएको छ । प्रधानन्यायधिस चोलेन्द्र सम्शेर जवरा, न्यायधिसहरु दीपककुमार कार्की, मीरा खडका ,हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजालसमा पेशी चढाईएको छ ।

सम्वैधानिक इजालसमा चढेको पेशी

सापकोटलाई तत्कालिन माओवादी जनयुद्धका वेलाको मुद्दामा ब्यक्ति हत्याको आरोपमा मुद्दा लगाइएको छ ।

६ वैशाख २०६२ मा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटामाथी मुद्दा लगाईएको छ ।

उनकी पत्नी पूर्णमायाले युद्दकालको मुद्दामा २०६४ सालमा आएका जोहरी दिएकी थिइन् । पछि यसलाई डा वावुराम भट्टराईको पालामा मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको थियो। तर सापकोटा पछि सञ्चारमनत्री हुादा कनकमणि दिक्षितले पून सर्वाेच्चमा रिट दर्ता गरेका थिए ।

यी सवै विषयलाई छिनोफानो लगाउने गरी सम्वैधानिक इजालसमा मुद्दा लगिएको छ ।

यस अगाडी पनि २०७६ फागुन ३० मा पनि उनको मुद्दालाई पेशीमा चढाइएको थियो । तर त्यसवेला हेर्न नभ्याईएको मा परेको थियो ।

प्रतिक्रिया