शुक्रबार, वैशाख ७, २०८१

आज नेदरल्यान्ड्स र मलेसियाबिच खेल हुदै

मेरोन्यूज २०७८ वैशाख ८ गते ११:०४

काठमाडौं । त्रिकोणात्मक टी(२० सिरिजअन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसिया बिचको खेल हुदैछ ।खेल कीर्तिपुरमा रहेको टी-यू अन्तर्राष्ट्रिय मैदानमा १२:१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसपछिका दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ । मलेसिया लगातार हार बेहोर्दै अंकविहिन छ । ३ खेलबाट ४ अंक नै रहेको घरेलुटोली नेपाल रनरेटको आधारमा शीर्ष स्थानमा छ ।

मलेसियालाई पराजित गरेमा नेदरल्याण्ड्स फाइनलमा पुग्नेछ । यस नतिजाले नेपाल पनि अन्तिम लिग खेलअघि नै फाइनल पुग्नेछ । मलेसिया यसअघि नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो । मलेसिया सिरिजको पहिलो जितको खोजीमा रहेकोछ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको सिरिजमा डबल राउण्ड रोबिनको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया