बुधबार, वैशाख १२, २०८१

रुसी खोप स्पुतनिक भीलाई आपतकालीन प्रयोगको अनुमति

मेरोन्यूज २०७८ वैशाख ७ गते २०:०१

काठमाडौं । रुसमा बनेको कोरोना भाइरस विरुद्धको खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ ।

औषधि व्यवस्था विभागले एक सूचनामार्फत रुसी खोप स्पुतनिक भीलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको जानकारी दिएको छ ।

यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।

प्रतिक्रिया