बिहीबार, वैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना पुष्टि

११ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख ७ गते १७:३५

काठमाडौं । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ

सोही अवधिमा २५१ जना संक्रमित निको भइ घर फर्किएका छन् । योसँगैनेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ ।

प्रतिक्रिया