शुक्रबार, वैशाख ७, २०८१

नेपाल समूहद्धारा ९ गते राखेको कार्यक्रम स्थगित

मेरोन्यूज २०७८ वैशाख ७ गते १६:५१

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले ९ गते राखेको कार्यक्रम स्थगित गरेको छ । कम्युनिष्ट पार्टी स्थापनाको दिन (९ वैशाखमा) नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् ।

प्रेस विज्ञप्ति जारी गरी भट्टराईले कोरोना संक्रमण बढेको र सरकारले २५ जना भन्दा बढी भीड नगर्ने निर्णय गरेकाले कार्यक्रम स्थगित गरिएको जनाइएको छ । तर, कोरोनाको संक्रमण कम भएका जिल्लाहरुमा भने कार्यक्रम नरोक्न आग्रह गरिएको छ ।

प्रतिक्रिया