बुधबार, वैशाख ५, २०८१

मध्यभोटेकोशी जलबिद्युत आयोजनाले पायो आईपीओ निष्काशनको अनुमति

मेरोन्यूज २०७८ वैशाख ७ गते १६:२७

काठमाडौं । मध्यभोटेकोशी जलबिद्युत आयोजनाले सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्काशनका लागि अनुमति पाएको छ ।

सिन्धुपाल्चोक जिल्लामा १ सय २ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको आयोजनालाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न कम्पनीलाई अनुमति दिएको जनाएको छ । अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि १ करोड ५० लाख कित्ता (१ अर्ब ५० करोड रुपैयाँ) बराबरको शेयर निष्काशन गर्ने छ ।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गर्ने छ भने सिन्धुपाल्चोक बाहेक अन्य सर्वसाधारणलाई १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्न पाउने छ ।

कम्पनीले यस अघि कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीहरुको लागि १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरेको छ ।

प्रतिक्रिया