शुक्रबार, वैशाख ७, २०८१

झिनो अंकले उकालो लाग्यो नेप्से

मेरोन्यूज २०७८ वैशाख ७ गते १६:१५

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार २ दशमलब ६८ अंकले उकालो लागेको छ ।

बजार परिसुचक हिजो सोमबारको तुलनामा शुन्य दशमलब १ प्रतिशतले बढेर २ हजार ६ सय ६४ दशमलब ६१ बिन्दुमा पुगेको छ । कारोबार भएका २ सय १६ कम्पनीको ६६ हजार ७ सय ९३ कारोबारबाट ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६ सय ४० रुपैयाँ बराबरका १ करोड २३ लाख ६९ हजार ५ सय १ कित्ता शेयर खरिदबिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

सबैभन्दा बढी जीवन बिमा समुहको उपसुचक ५३ दशमलब ९८ अंकले उकालो लागेको छ । यस्तै सबैभन्दा बढी निर्जीबन बीमा समुहको उपसुचक २४ दशमलब ३९ अंकले घटको छ ।

प्रतिक्रिया