बिहीबार, वैशाख १३, २०८१

कोरोना विरुद्धको दोस्रो डोज – आज छुटेकाले ११ गतेसम्म लगाउन पाउने

मेरोन्यूज २०७८ वैशाख ७ गते १५:३७

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप आजदेखि दिन सुरु गरेको छ । पहिलो डोज खोप लगाएको मितिअनुसार खोप तालिका निर्धारण गरिएको छ ।

तोकेकै दिन खोप लिन छुटेकाहरुले अर्को दिन पहिले लगाएकैै केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले जनाएको छ ।

शाखाका प्रमुख डा. झलक शर्मा गौतमले काठमाडौं उपत्यकाका तीन जिल्लामा आफ्नो तालिकाअनुसार छुटेकाहरुले ११ गतेसम्म खोप लिन पाउने बताए । सकेसम्म खोप लिने मिति तोकेको दिन नै लगाउँन उनको सुझाब छ ।

प्रतिक्रिया