शुक्रबार, वैशाख ७, २०८१

त्रिकोणात्मक टी-२० सिरिज

तेस्रो अर्धशतकको किर्तिमानी बनाएका कुशल भुर्तेल ६२ रनमा आउट

मेरोन्यूज २०७८ वैशाख ७ गते १४:३८
photo: can

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा नेदरल्याण्ड्स विरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेलले आउट भएका छन् ।

४१ बलमा अर्धशतक पुरा गरेका भुर्तेल ६२ रन बनाएर कुशल आउट भएका हुन्।

यही सिरिजमा डेब्यु गरेका कुशलको यो तेस्रो खेल हो। कुशलले आफ्नो तीनवटै खेलमा अर्शशतक बनाएका छन् ।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए भने आशिफ शेख डक आउट भए।

जारी सिरिजमा भुर्तेलले को यो लगातार तेस्रो अर्धशतक हो। यसअघि उनले नेदरल्याण्ड्स र मलेसिया विरुद्ध अर्धशतक प्रहार गरेका थिए।

नेपालले यसअघि ओपनर आशिफ शेखलाई शून्य रनमा र कप्तान ज्ञानेन्द्र मल्ललाई २० रन जोड्दा गुमाएको थियो ।

प्रतिक्रिया