बिहीबार, वैशाख १३, २०८१

नेपालगन्ज-१ का सबै कर्मचारीलाई कोरोना पुष्टि, अनिश्चितकालका लागि कार्यालय बन्द

मेरोन्यूज २०७८ वैशाख ७ गते १४:२७

बाकेँ । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा कार्यालयमा कार्यरत ६ जनामा कोराना संक्रमण पुष्टि भएपछि परिस्थितिअनुकूल नभएसम्मका लागि वडा कार्यालय बन्द गर्ने वडाअध्यक्ष प्रमोद रिजालले बताए ।

वडाअध्यक्ष रिजालका अनुसार कार्यालय प्रमुख, वडा सचिव, लेखापाल, प्राविधिक, अनमी, सहजकर्ता लगायतका कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।

सोमबार आएको पीसीआर रिपोर्टमा तीन जना र आइतबार आएको रिपोर्टमा तीन जनामा कोरोना पुष्टि भएको वडाअध्यक्ष रिमालले बताए ।

वडाअध्क्ष रिमालका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया