शुक्रबार, वैशाख १४, २०८१

एमालेले सोध्यो माधव नेपालसहित ३२ नेतालाई स्पष्टीकरण (यी हुन् स्पष्टीकरण सोधिएका नेताहरु)

मेरोन्यूज २०७८ वैशाख ७ गते १४:१०

काठमाडौं । नेकपा एमालेले नेता माधव नेपाल सहितका ३२ नेतालाई स्पष्टीकरण सोधेको छ । आज नै केन्द्रीय कार्यलयका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले नै हस्ताक्षर गरेर नेपालपक्षका संघीय संसदका २७ जना सहित ३२ जनालाई स्पष्टीकरण सोधेको हो ।

संघीय सांसदलाई एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको भन्दै कारवाही किन नगर्ने ? भनी सोधिएको छ । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई स्पष्टीकरण पत्र पठाइसकिएको जानकारी दिए । उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।

छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ? जस्ता प्रश्न सोधिएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र वहादुर शाहीलाई पक्षमा मत दिएका प्रकाश ज्वाला सहितलाई पनि स्पष्टीकरण सोधिएको छ ।

माधव नेपाल पक्षमा रहेका गोकर्ण विष्ट लगायतका सांसदलाई भने स्पष्टीकरण सोधिएको छैन । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई भने यस अगाडी नै स्पष्टीकरण सोधेर ६ महिनाका लागि निलम्वन एमालेले गरिसकेको छ । उनीहरुलाई पनि अहिले दोहोराएर स्पष्टीकरण सोधिएको हो ।

अघिल्लो पटक स्पष्टीकरण नसोधिएका झलनाथ खनाललाई पनि यो पटक स्पष्टीकरण सोधिएको छ ।

एमाले महाधिवशेन आयोजक समिति को सोमबारको बैठकले नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएसागै मंगलवार स्पष्टीकरण पत्र पठाईएको हो ।

क -कसलाई सोधियो स्पष्टीकरण ?
१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) पवित्रा निरौला

६) झपट रावल

७) मेटमणि चौधरी

८) यज्ञराज सुनुवार

९) जीवनराम श्रेष्ठ

१०) झलनाथ खनाल

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दिपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसदः
१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली

स्पष्टीकरण सोधिएका नेतालाई के लेखिएको छ पत्रमा ?
स्पष्टीकरण सोधिएका नेतालाई दल नेता तथा पार्टी अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेर पत्र पठाईएको छ । प्रत्यके सदस्यलाई ४ वुँदे स्पष्टीकरण पत्र सोधिएको छ ।

पत्रमा सोधिएको छ- जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यो दलले संघीय कानुन वमोजिम निजले दल त्याग गरेको सूचित गरेमा संघीय संसदको सदस्य पद रिक्त हुने भन्ने ब्यवस्था भएको, संघयि कानुनको रुपमा रहेको राजनैतिक दल सम्वन्धि ऐनको दफा ३१ ले त्यसरी दल त्याग गरेमा स्वत दल त्यागेको मानिने ब्यवस्था गरेको र दफा ३२(१) (ग) ले निज आफैले वा निज समेत संग्लन्न भई नयाँ दल गठन गरेमा दल त्यागेको मानिनेछ भन्ने ब्यवस्था गरेको कुरा तपाईलाई अवगत नै छ । यस संविधान र कानुनी ब्यवस्था विपरित तपाईले नेपालको संविधानको धारा २६९ र राजनैतिक दल सम्वन्धि ऐन २०७३ को दफा ३ वमोजिम तपाई समेत संग्लन्न भई नेकपा एमाले नाम र सूर्य निर्वाचन चिन्ह दुरुपयोग यस गौरवशाली पार्टीले अवलम्वन गरी आएको राजनैतिक विचारधारा, दर्शन र कार्यक्रम भन्दा भिन्न गतिविधि सञ्चालन गरी नयाँ राजनैतिक दल गठन गरेको, सो राजनैतिक दलको छुट्टै भेला मिति २०७७ चैत ४ र ५ गते गर्नु भएको, केन्द्रीय कमिटि देखि माताहत प्रदेश÷जिल्ला÷अन्य कमिटि तथा जनसंगठनहरु निर्माण गर्नु भएको र आफ्नो पार्टी अध्यक्षको नेतृत्वमा रहेको लोकप्रिय सरकार तथा राजनैतिक दलको विद्यान, पार्टी अध्यक्ष र महासचिवद्दारा मिति २०७७ चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा के कति कारणवाट गर्नुभएको हो ?

त्यस्तै गरी पत्रमा सम्मानित सर्वाेच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसला पछि नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटिको दशौं, एघारौं र वाह्रौं बैठकहरुको निर्देशनको अवज्ञा गरी , उपरोक्त वैठकका निर्णयहरुको बारेमा विभिन्न भम सिर्जना गरि पार्टीको विद्यान र निर्देशन विपरित नयाँ राजनैतिक दलको स्वरुपमा भेलाहरु आयोजना गर्न अग्रसरता लिई पार्टी र पार्टीको एकता विरोधी प्रस्तावमा संग्लन्न हुनु भएको कारण के हो ?


जसकाकारण छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारवाही नगर्ने ? संघीय संसदको सदसय पदबाट किन नहटाउने ? आधार कारण सहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिन्छु । भनी सोधिएको छ ।

सच्चिनका लागि अन्तिम मौका हो भन्दै पत्रमा आफ्ना विचार र क्रियाकलापहरु सच्चाई नयाँ राजनीतिक दलको रुपमा संग्लन्न भएको गतिविधिमा नलागी एमाले दलको पक्षमा आउने प्रतिवद्धता सहितको सप्रमाण जवाफ प्राप्त भएमा पार्टीले विचार गर्ने पनि स्पष्टीकरण पत्रमा उल्लेख छ ।


सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा कुनै बखत कारवाही गर्न सकिने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया