शुक्रबार, चैत १६, २०८०

कांग्रेसलाई माओवादीको अल्टिमेटम

‘अव धेरै नपर्खऔं, ओलीको विरुद्धमा भरे-भोलीसम्म अविश्वास प्रस्तावको निर्णयमा पुगौं’

मेरोन्यूज २०७८ वैशाख ७ गते २०:४८

काठमाडौं । नेकपा (माओबादी केन्द्र) ले कांग्रेसलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्पमा ठोस निर्णय लिन अल्टिमेटम दिएको छ । अव धेरै दिन ओलीको वर्हिगमन कसरी गर्ने भन्नेमा मात्र पार्टी नअल्झिरहने भन्दै माओवादीले काग्रेसले निर्णय लिन ढिलाई गर्न नहुने वताएको छ ।

कांग्रेस शीर्ष नेताहरुसँगका अनौपचारिक छलफलका क्रममा माओवादी केन्द्रले आज र भोलिसम्ममा यस विषयमा एउटा निश्कर्षमा पुग्न कांग्रेससँग आग्रह गरेको माओवादी केन्द्रका एक उच्चस्तरका नेताले मेरो न्यूजसँगको कुराकानीका क्रममा खुलाएका छन् ।


‘प्रधानमन्त्री केपी ओली प्रतिक्रान्तिको केन्द्र बनेका छन् । हामी केपी ओलीको सरकार जसरी भएपनि हटाउने र ओलीले चाल्न सक्ने थप प्रतिक्रान्तिकारी कदमलाई रोक्ने मात्र ध्याउन्नमा लागेका छौं, त्यसका लागि उनको वर्हिगमन हाम्रो पहिलो तार्गेट हो,’ माओवादी केन्द्रका ती उच्चस्तरका नेताले भने,–‘त्यसका लागि अव काग्रेसलाई पनि ढिलाई नगर्न भनिसकेका छौं । आज र भोलिमै काग्रेसले के गर्ने हो निर्णय दिनुपर्छ भन्ने गरी हामीले अल्टिमेटम दिईसकेका छौं ।’


कांग्रेस सभापति शेरवहादुर देउवा ओली नेतृत्वको सरकारको विकल्पका विषयमा अझै पनि खुलेर आईसकेका छैनन । उनले पहिले अविश्वास प्रस्तावमा वहुमत कसरी जुटछ् भनेर प्रश्न मात्रै गरिरहेका छैनन, जसपाको निर्णय, पार्टीको आगामी महाधिवशेन र महाधिवशेन पछिको नेतृत्वका विषयमा देउवाले भित्री हिसावकिताव गरिरहेका छन् ।


तर दुई/तिन दिन यता भने देउवा पनि ओलीको विकल्प खोज्नका लागि सकारात्मक छलफलमा बस्न थालेको ति नेताले बताए । ‘दुई /तिन दिन यता सकारात्मक कुराकानीको विकास भएर गएको छ । तर अझै आकार पाईसकेको छैन । भोलिसम्म फाइनल गछौं । काग्रेससँग हामीले अल्टिमेटम दिईसकेका छौं,’ ति नेताले भने,–‘कांग्रेस पनि र हामी पनि ओलीको सरकार फाल्न त चाहान्छौं, तर त्यसको लागि पर्खिराख्ने भन्ने अव हुदैन । कांग्रेसलाई पनि अव तपाईहरु फाइनल गर्नुस भनेर भनिरहेका छौं ।’

Advertisement

जसपाभित्रको पूर्व राजापा धारका नेताहरु राजेन्द्र महतो र महन्थ ठाकुर प्रधानमन्त्री ओलीलाई वचाउने पक्षमा संकल्प लिएर वसेको वुझाईमा माओवादी केन्द्र पुगिसकेको छ । अव सिंगो जसपालाई ओलीको विरुद्दको गठवन्धनमा सामेल गर्न नसकिने प्रष्ट वुझाईमा माओवादी केन्द्र छ ।

त्यसो हुँदा जसपाको सिंगो निर्णय मात्र कुरेर नवस्न कांग्रेसलाई माओवादी केन्द्रले आग्रह गरेको ति नेताले बताए । कर्णाली प्रकरणपछि जसपामात्रै केन्द्रीय सरकारको विषयमा निर्णायक नवनी माधव नेपाल पक्षका नेताहरु निर्णायक अवस्थामा देखिने गरी सिफ्ट चेन्ज भएको र उनीहरुले लिने रणनीतिले ओली सरकारको भविश्य निर्धारणको अवस्था आउने माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

यस अर्थमा पनि ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अव ढिलाई गर्नुनहुने माओवादी केन्द्रको मत छ । त्यसैका लागि प्रतिनिधीसभा पूर्नस्थापना यता माओवादी केन्द्र जुटेको जुट्यै छ । तर परिणाम ठोस रुपमा आएको छैन ।


उसले सरकारलाई दिईराखेको समर्थन पनि फिर्ता लिन सकिरहेको छैन । यसभित्र उसको आफ्नै वाध्यता रहेको ति माओवादी नेताको भनाई छ । ‘हामीलाई पनि अप्ठायारो परेको छ । ओली नेतृत्वको सरकार लाई समर्थन नरहेको पत्र छिट्टै लेखिदिनु पर्ने थियो, अस्तिनै । तर हामीले लेखिसकेका छैनौं । त्यसरी फिर्ता लिएको भए त्यसले अर्काे कोर्समा लैजाने थियो राजनीतिलाई । त्यही भएर अर्काे कोर्समा राजनीति नजाओस भनेरै भ्रम हुदा हुदै पनि हामीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिईकन वसिरहेका छौं,’ ति नेताले बताए ।

ओलीको विपक्षमा रहेको गठवन्धन तयार भईनसक्ने, माओवादी केन्द्रले पनि त्यस्तो बेलामा समर्थन नरहेको पत्र लेख्ने काम गरेमा प्रधानमन्त्रीले विश्वासको मत लिने तिर मुलुकलाई लैजाने र त्यसवाट परिणाम सहजतातिर आउन नदिई मुलुकलाई निर्वाचनतिर आफ्नै नेतृत्वमा धकेल्ने रणनीतिमा ओली रहेको वुझाई माओबादी केन्द्रका नेताहरुमा छ ।

त्यही भएर पनि मुलुकलाई निर्वाचनतिर जानबाट रोक्नका लागि पनि माओवादी केन्द्रले समर्थन फिर्ता नलिईकन वसेको हो ।

‘ओलीको विरुद्धमा रहेका शक्तिहरुका वीचमा हामी वहुमत कायम गरौं, त्यसपछि १५/२० मिनेट अगाडी समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव दर्ता गरौं’ माओवादी योजना सुनाउदै ति नेताले भने,-‘त्यसो गर्न नसक्दै समर्थन फिर्ता लिदाँ विश्वासको मत लिने कोर्समा जान्छ । त्यसपछि चुनाव घोषणाको कोर्समा लैजाने षडयन्त्रमा प्रधानमन्त्री देखिएका छन् । त्यसकारण भित्री रुपमा अविश्वास प्रस्तावको तयारी माओवादी केन्द्रको प्राथमिक काममा परेको छ ।’

त्यही कारण पनि माओवादी केन्द्रले काग्रेसलाई अव ढिलाई नगरी आज-भोलीमै सवै विषय टुग्गाउन भनेको हो । ‘अविश्वास ल्याउने गरी वहुमत कायम गर्न सकेनौं भने पनि क्रान्तिकारी हामी, जे आइपर्छ त्यो ब्यहोर्नेपर्छ’ ति नेताले भने–‘सम्वैधानिक रुपले चुनावको घोषणा हुन्छ भने चुनाव पनि सामना गरेर जानुपर्छ । हिजो चुनाव असम्वैधानिक थियो, सम्वैधानिक रुपले चुनाव घोषणा हुन्छ भने त्यसलाई सामना गरेर जानुपर्छ । तर यहा समस्या के छ भने चुनाव घोषणा गर्ने, तर चुनाव नगर्ने षडयन्त्र छ । केपी ओलीमार्फत चुनाव मंसिरमा गर्ने घोषणा हुन सक्छ । तर निर्वाचन नगराउने षडयन्त्र पनि देखिन्छ । त्यो षडयन्त्रलाई कसरी असफल पार्ने भनेर हामी पहिले केपीलाई असफल पार्ने र हटाउने नै हो ।’

के गर्छ माओवादीले ?
माओवादी केन्द्रले अव स्थायी समिति वैठकवाट केन्द्रीय समिती वैठकको मिति तोक्ने काम गर्छ । पार्टी विद्यान संसोधनका विषयमा स्थायी समिति वैठकमा छलफल गरेर त्यसलाई अनुमोदनका लागि केन्द्रीय समिति वैठकमा लैजानेछ ।

त्यसैगरी संगठनात्मक काम, जिम्मेवारी वाडफाड लगायतका काम पनि सगै गरेर जाने योजना माओवादीले बनाएको ति नेताले वताए । माओवादी केन्द्रको स्थायी समिति बैठक आज पेरिसडाडा कोटेश्वरमा वस्दैछ ।

०००

प्रतिक्रिया