शुक्रबार, वैशाख १४, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहको दम्पतीलाई कोरोना पुष्टि

मेरोन्यूज २०७८ वैशाख ७ गते १३:३५

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको दम्पतीलाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई (कोभिड-१९) संक्रमण पुष्टि भएको हो।

केहि दिन अघि भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया