शुक्रबार, वैशाख ७, २०८१

सबै नागरिकलाई खोप दिन अभियान सञ्चालन गर्न कांग्रेसको माग

मेरोन्यूज २०७८ वैशाख ७ गते १३:३२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकास शर्माले हरेक नागरिकलाई खोप र हरेक नागरिकको जीवन रक्षा सरकारले गर्नु माग गरेका छन् ।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारले खोपका लागि आवश्यक बजेट तत्काल छुट्याउन,आयात गर्न,व्यवस्थित खोप सञ्चालन गर्न र सम्पूर्ण ध्यान केन्द्रित गरेर राज्यले अभियान चलाउन जोडदार माग गर्ने कांग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया