बिहीबार, वैशाख १३, २०८१

आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

मेरोन्यूज २०७८ वैशाख ७ गते १३:१४

काठमाडौं । काठमाडौंमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै छ । सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले पहिलो दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथ तानेर असन पुर्‍याइने जनाएको छ ।

समितिका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति असनमा मच्छिन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य मापदण्ड पालना गरी जात्रा मनाइने समितिले जनाएको छ । ३२ हात लामो रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छिन्द्रवहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ

प्रतिक्रिया