बुधबार, वैशाख १२, २०८१

मंगलबारबाट आन्तरिक हवाई भाडा ८५ रुपैयाँसम्म बढ्यो

मेरोन्यूज २०७८ वैशाख ७ गते १३:०४

काठमाडौं । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलबार देखि लागु हुने गरि आन्तरिक हवाई भाडामा अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरेका हुन् ।
एसोसिएसनका प्रवक्ता योगराज कँडेलले अन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको बताए ।

हाल सबैभन्दा बढि भाडा भएको काठमाडौं–धनगढीको हो । सो रुटकका लागि अब यात्रुले न्यूनतम ५ हजार ६८५ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि सो स्थानको भाडा दर ५ हजार ६०० रुपैयाँ मात्र थियो ।

यसको अतिरिक्त उच्च मूल्यमा सो स्थानको भाडा ९ हजार ४८५ लाग्नेछ । योसँगै अब हवाई यात्रुहरूले साविकको भाडामा भन्दा बढि भाडा तिर्नुपर्ने भएको छ । निगमले वैशाख ४ गते पेट्रोलियम पदार्थसँगै हवाई इन्धनमा समेत प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया