शुक्रबार, वैशाख १४, २०८१

भन्सार एजेन्टमा ३ महिने कम्प्युटर तालिम प्रमाणपत्र अनिवार्य

मेरोन्यूज २०७८ वैशाख ७ गते १२:५५


काठमाडौं । भन्सार विभागले २० वर्ष पछि खुलाएको भन्सार एजेन्ट पदमा ३ महिने कम्प्युटर तालिम प्रमाणपत्र अनिवार्य भएको छ । विभागले ३ महिने आधारभूत कम्प्युटर प्रशिक्षणको प्रमाणपत्र नभएकाको निवेदन अयोग्य भन्दै अस्विकृत गरेको हो ।

यहि जेठ २२ गते शनिबार लिखित परिक्षा हुने भन्सार एजेन्टको आवेदन हजारौंको परेपनि संख्या विभागले खुलाएको छैन । ३ महिने तलिमलाई किन महत्व दिएको भन्ने प्रश्नमा विभागका निर्देशक शिशिर घिमिरेले विज्ञापनमा ३ महिने कम्प्युटर तालिम लिएको हुनुपर्ने भन्ने भएकाले बिज्ञापन अनुसार कार्य गरेको बताए ।

उनले कम्प्युटर इन्जिनियरिङमा उत्तीर्ण आवदेकलाई समेत नियमानुसार स्विकृत नगरिएको जानकारी दिए । आवेदन खारेज हुनेमा काठमाडौं विश्वविद्यालयबाट कम्युटर इन्जिनियरिङमा स्नातक र जर्मनबाट स्नातकोत्तर गरेका ज्योती पोखरेल पनि परेका छन् । उनले आफूसहित केही साथीहरुले सो पदका लागि अनलाइन आवदेन भरेपनि अस्विकृत गरेकाले पैसा फिर्ता लिन झण्झट भएको बताए ।
३ महिने आधारभूत कम्प्युटर तालिमको प्रमाणपत्र पेश नगरेकाले निवेदनमा बन्देज गरेकोमा निवेदकले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया