बिहीबार, चैत १५, २०८०

सुनको मुल्य ३ सय रुपैँयाले घट्यो तर चाँदी स्थिर

मेरोन्यूज २०७८ वैशाख ७ गते १२:२१

काठमाडौं । मंगलबार सुनको मुल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको छ । सोमबार सुनको मुल्य ९१ हजार रुपैँयामा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मुल्य तीन दिनदेखि प्रतितोला १ हजार ३ सयमै कारोबार समेत महासंघले जनाएको छ ।

प्रतिक्रिया