शुक्रबार, वैशाख १४, २०८१

अयोध्यापुरीमा राखिने राम-सीताका मूर्ति पूजा गरी बालुवाटारबाट विदाई

मेरोन्यूज २०७८ वैशाख ७ गते ११:१३

काठमाडौं । अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवतरूपमा पूजा गरी चितवन पठाइएको छ ।
मंगलबार बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरी मूर्तिहरु चितवन पठाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका छन् । प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोह बीच प्रतिमासहितको सीताराम शोभा रथयात्रालाई बिदाई गरिन् । मूर्तिहरू लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी लगिने बताइएको छ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्रााणप्रतिष्ठा गरेर मूर्तिहरू राख्ने कार्यक्रम छ ।

प्रतिक्रिया