शनिबार, वैशाख १५, २०८१

कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन आजबाट सुरु,यी स्थानमा लगाउन सकिन्छ

४ लाख ३९ हजारलाई दोस्रो डोज दिइने -डा.गौतम

मेरोन्यूज २०७८ वैशाख ७ गते १०:५८

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ ।

खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लिन सकिने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले जनाएको छ ।

शाखाका प्रमुख डा.झलक शर्मा गौतमले पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई दोस्रो डोज दिइने जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।

माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो । मन्त्रालयले खोप लगाउने विभिन्न अस्पतालहरु तोकिदिएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन सकिने छ ।

यी अस्पतालमा लगाइन्छ खोप

प्रतिक्रिया