शनिबार, वैशाख ८, २०८१

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

मेरोन्यूज २०७८ वैशाख ७ गते ९:४६

कर्णाली । कर्णाली प्रदेश सरकारले चैतेदशैंका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैंका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

कर्णालीमा चैतेदशैंलाई अन्य चाडपर्वझै उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ ।

प्रदेश सरकारले चैतेदशैंका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिंदै आएको छ ।

प्रतिक्रिया