बिहीबार, वैशाख १३, २०८१

आजको राशिफल: वैशाख ७ गते मंगलबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख ७ गते ६:१७

काठमाडौं । आज २०७८ वैशाख महिनाको ७ गते मंगलबार, चैत्र शुक्लअष्टमी तिथि । चैत्राष्टमी अर्थात चैतेदशैं । अब लागौं आजको राशिफल तर्फ

मेष
मनमा दृढता बृद्धि हुने छ । मनमा सुख शान्तिको अनुभुति थपिने छ । ज्ञान आर्जनमा प्रगति हुने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । मान सम्मान प्राप्त हुने देखिन्छ । गुप्ताङ्ग सम्बन्धि रोगले सताउला ।

वृष
रिस चाँडै उठ्ने छ । भाग्यको साथ रहनाले पेशागत तथा ब्यापार विजनेशमा सफलता प्राप्त हुने छ । भाग्यको साथ रहनाले मानसम्मान प्राप्त हुने छ । कब्जियत सम्बन्धी समस्याले च्याप्ने छ ।

मिथुन
बोल्ड ब्यक्तित्व हुने छ । आम्दानीमा बृद्धि हुने छ भने शत्रु नाश हुने छन् । घुडा तथा श्रमसम्बन्धी समस्या बढ्न पुग्ने छ । छोटो छोटा यात्रा गर्ने अवस्था आउने छ । बोलीमा मधुरता आउने छ ।

कर्कट
शितल प्रकारको स्वाभाव हुने छ । शान्त स्वाभावको ब्यक्तित्व हुने छ । राजनीतिक क्षेत्रमा लागेकाहरुलाई उन्नति हुन जाने छ । सन्तान सुखमा भने कमि आउने छ ।

सिंह
माथिल्लो पेट, ग्याष्ट्रिक आदीले सताउने छ । पेशागत जीवनमा विभिन्न खाले आरोप पत्यारोप लाग्न जाला । दाम्पत्य जीवनम कटुता उत्पन्न हुन जाने छ । साझेदारीको ब्यवसायमा समस्या उत्पन्न हुने छ । भाग्यको साथ रहने हुँदा समस्यासँग जुध्ने तागत भने प्राप्त हुने छ ।

कन्या
घर घडेरी तथा धन सम्पत्तिका विषयमा बादबिबाद तथा द्वन्द बढ्न पुग्ने छ । रोग ब्याधि तथा छाला सम्बन्धी समस्याले पिरोल्ने छ । समयमा बुद्धि नआउने भएका कारण निर्णय क्षमतामा कमि आउने छ । तरल पदार्थ सम्बन्धी ब्यवसायमा संलग्नहको भने आम्दानी बढ्न पुग्ने छ ।

तुला
दाँत, आँखा तथा अनुहारमा चोट पटक लाग्न सक्छ । बोलीमा कडापन बृद्धि हुने भएकाले पारीवारिक सदस्यहरुका बीच कटुता बढ्न जाने छ । पेशागत जीवनलाई लिएर मनमा सन्तोष प्राप्त हुने छ । कामको कदर हुने छ । दाम्पत्य जीवनमा भनाभन हुन जाने छ ।

वृश्चिक
जीवनप्रति उत्साह भन्दा निरुत्साहका विचारहरु बढि आउने छन् । दाम्पत्य जीवनमा मधुरता हुने छैन् । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने भएता पनि पेशागत जीवनमा भने विभिन्न आरोप पत्यारोप खेप्नु पर्ने अवस्था आउन जाने छ । शारीरिक थकान अत्याधिक हुन जाने छ ।

धनु
पारीवारिक मिलन हुने छ । पैतृक सम्पत्तिका विषयमा देखिएका बिबाद समाधानतर्फ जाने छन् । अध्ययन अध्यापनमा मन लाग्ने छ । पैतला तथा खुट्टामा चोट पटक लाग्न सक्ने देखिन्छ । जीवनसाथिको कडा स्वाभावका कारण पीडित बन्नु पर्ने अवस्था आउने छ ।

मकर
दाम्पत्य सुख प्राप्त हुने छ । मनमा उत्पन्न भएका कतिपय दुविधाहरु जीवन साथिको साथले समाधान तर्फ जाने छन् । घर घडेरी सम्बन्धि विषयमा मुद्धा मामिला जस्ता प्रशासनिक तथा न्यायिक निकायमा द्वन्द चर्किने देखिन्छ ।

कुम्भ
प्राज्ञिक व्यक्तित्वका कारण लाभ मिल्ने छ । खासगरी प्राज्ञिक क्षेत्रमा संलग्न व्यक्तिहरुको हकमा लाभ हुने समय छ । माथिल्लो पेट तथा छाति सम्बन्धी समस्याले सताउला । मनमा दुविधा उत्पन्न हुन पुग्ने छ । मनमा धेरै विचारहरु एकै पटक आइरहने हुँदा निन्द्रामा समस्या देखा पर्ने छ ।

मीन
भाग्यको साथ कम हुने भएकाले बन्न खोजेका जस्ता देखिने कामहरु पनि अड्किन जाने छन् । बोलीको प्रभाव बढ्न जाने भएकाले मार्केटिङ्ग, जनसम्पर्क क्षेत्रमा संलग्नहरुले लाभ प्राप्त गर्ने छन् । पढाइमा मन लाग्ने छ भने सन्तान सुख प्राप्त हुने छ । प्रतिष्पर्धीहरुले पारीवारिक कमजोरीलाई आधार मानि प्रहार बढाउने छन् ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया