बिहीबार, चैत १५, २०८०

भूमरीमा मुख्यमन्त्री पाेखरेल

अविश्वासको प्रस्तावमा सही धस्काएर लुम्बिनी प्रदेश सरकारमा गएका जसपाका सांसद पार्टीबाट निलम्बित

यथाशीघ्र मन्त्रीबाट राजीनामा दिन निर्देशन

मेरोन्यूज २०७८ वैशाख ६ गते २०:५६

काठमाडौैं । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर प्रदेश सरकारमा सहभागी भएका चार सांसदलाई पार्टीबाट निलम्बन गरेको छ ।

जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टी निर्णय विपरित मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा सहभागी हुने प्रदेशसभा सदस्य विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई पार्टीबाट निलम्बन गरिएको बताए ।

उनीहरुलाई तत्काल सरकारबाट फर्किन निर्देशन दिँदै २४ घन्टे स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएसम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको यादवले बताए ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिमण्डल पुनःगठन, आजै शपथ

प्रदेश समितिले यथाशीघ्र सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा निजहरुलाई सांसद पद नरहने गरी कारबाहीका लागि सम्पूर्ण कानूनी प्रक्रिया अवलम्बन गरिने उनले बताए ।

Advertisement

आजैमात्र नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासका प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा पेश गरेका छन् ।

लुम्बिनी सरकारबाट माओवादी बाहिरियो, जसपाको रोचक इन्ट्री

आफूविरुद्ध तीन दलको अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री पोखरेलले जसपाका केही सांसदलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुखबाट शपथ समेत लिइसकेका छन् ।

प्रतिक्रिया