शुक्रबार, चैत १६, २०८०

कर्णाली फ्लोर क्रस प्रकरण

माधव नेपाल सहितका नेतालाई एमालेको फेरि स्पष्टीकरण

मेरोन्यूज २०७८ वैशाख ६ गते १६:५६


काठमाडौं । नेकपा एमालेले माधव नेपाल लगायतका नेतालाई फेरि चेतावनी सहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पक्षमा मतदान गर्ने गरी फ्लोर क्रस गर्ने काममा संग्लन्न रहेको भन्दैं माधव नेपाल सहितका पहिले नै ६ महिना निलम्वन गरेका ४ सहित प्रकाश ज्वालासमेत ५ जनालाई अन्तिम चेतावनी सहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । त्यस्तै फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पनि स्पष्टीकरण सोधिएको छ ।

एमाले महाधिवेशन आयोजक समितिको आज प्रधानमन्त्री निवास वालुवाटारमा वसेको बैठकले त्यस्तो निर्णय गरेको हो । नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल निलिम्बित छन् ।

बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउनेलाई २ दिनको समयसीमा सहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गते पून वैठक वस्ने र सोही बैठकले कडा कारवाही गर्ने निर्णय समेत गरेको छ ।

Advertisement

प्रतिक्रिया