शुक्रबार, वैशाख ७, २०८१

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज

कुशल भुर्तेलको दोस्रो अर्धशतकसँगै मलेसियामाथि नेपालको सानदार जित

मेरोन्यूज २०७८ वैशाख ६ गते १५:५६

काठमाण्डौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेको छ ।

सोमबार भएको खेलमा मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले एक विकेट गुमाएर १२ ओभर १ बलमा पूरा गर्दै जित हासिल गरेको हो ।

लगातार दोस्रो अर्धशतक प्रहार गरेका कुशल भुर्तेलले ६१ रनको अविजित पारी खेले । त्यस्तै आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । कुशल र आसिफले ६७ बलमा एक सय दुई रनको साझेदारी गरे ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसिया १६ ओभर ५ बलमा अलआउट हुँदै एक सय नौ रन बनाएको थियो ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो, नेपालले मङ्गलवार ९भोलि० नेदरल्याण्ड्सँग खेल्नेछ ।

प्रतिक्रिया