बिहीबार, वैशाख १३, २०८१

अविश्वास प्रस्ताव दर्तापछिको तरंग

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्धारा मन्त्रिमण्डल पूर्नगठन, आजै सपथ

आफ्नै विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ नेतालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाउन लागेका छन् ।

मेरोन्यूज २०७८ वैशाख ६ गते १५:३२

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफु विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाकै नेताहरुलाई समेटेर मन्त्रिमण्डल पूर्नगठन गर्न लागेका छन् ।

जसपाका ४ नेताहरु सुमन रायमाझी, विजय यादव, सन्तोष पाण्डे र कल्पना पाण्डेलाई मन्त्रीमण्डलमा सहभागी गराउने गरी उनले आजै मन्त्रिमण्डल पूर्नगठन गर्न लागेका हुन् । चारमध्ये कल्पना पाण्डेयबाहेक अन्य तीन जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री पोखरेलका विरुद्ध ४१ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

अविश्वास प्रस्तावमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्तावित गरिएको थियो ।

त्यसलगत्तै पोखरेल नेतृत्वको सरकारको आन्तकिर मामिला तथा कानुन मन्त्री रहेका केसी र अर्का सामाजिक विकास मन्त्री सुर्दशन वरालले राजनिामा दिएका थिए । माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएसागै दुई मन्त्रालय थप गरेर पोखरेलले आफ्नै विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ नेतालाई मन्त्री बनाउन लागेका छन् ।

एमालेसग त्यहा ४१ सांसद छन् । सरकार वनाउन ४३ सांसदको आवश्यक पर्छ । एमाले एक ढिक्का रहेमा र जसपाका नेताहरुको साथ पोखरेलले आफनो पक्षमा पारेमा उनको पद जोगिनेछ ।

पोखरेलले पूर्नगठन गर्न लागेका मन्त्रीहरुको आजै सपथ ग्रहणको कार्यक्रम राखिएको छ । आजै ४ बजे मन्त्रीहरुको सपथ ग्रहण हुनेर त्यसलगत्तै मन्त्रिमण्डलको वैठक समेत तय गरिसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ।

प्रतिक्रिया