शुक्रबार, चैत १६, २०८०

मलेसियाद्वारा नेपाललाई १ सय १० रनको लक्ष्य, करण केसीले ३ विकेट लिए

मेरोन्यूज २०७८ वैशाख ६ गते १५:०५

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर पाँच बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको हो ।

मलेसियाका लागि सएद अजिजले सर्वाधिक २७ रन बनाए । मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एकरएक विकेट लिए ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो, नेपालले मङ्गलवार (भोलि) नेदरल्याण्ड्सँग खेल्नेछ ।

Advertisement

प्रतिक्रिया