बुधबार, वैशाख १२, २०८१

लुम्बिनीमा माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा

मेरोन्यूज २०७८ वैशाख ६ गते १४:४१

काठमाडौं । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध काग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठवन्धन निर्माण गरेर अविश्वास प्रस्ताव दर्ता गरेपछि अविश्वास प्रस्तावमा मुख्यमन्त्रीका लागि प्रस्तावित गरिएका माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले मन्त्री पदवाट राजीनामा दिएका छन् ।

अविश्वास प्रस्तावमा मुख्यमन्त्रीको प्रस्तावित केसी पोखरेल नेतृत्वको प्रदेश सरकारकै आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । उनीसँगै माओबादी केन्द्रकै सुर्दशन बरालले पनि पदवाट राजीनामा दिएका छन् । उनी त्यहाँको प्रदेश सरकारका सामाजिक विकासमन्त्री थिए ।

मुख्यमन्त्री पोखरेलका विरुद्ध प्रदेशका ४१ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया