लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता
काग्रेस-माओवादी गठवन्धनवाट माओवादी केन्द्रका दल नेता कुलप्रसाद केसी (सोनाम) मुख्यमन्त्रीका लागि प्रस्तावित
काठमाडौं । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । गण्डकीमा काग्रेस, माओवादी केन्द्र र जसपाले मिलेर त्यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको एक साता नपुग्दै लुम्विनीमा पनि यही गठवन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको हो ।
सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा छ । सरकार गठनका लागि ४३ सदस्य चाहिन्छ । मुख्यमन्त्री रहेको दल एमालेसाग ४१ सदस्य छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।
मुख्यमन्त्री पोखरेल प्रधानमन्त्री केपी ओलीका विश्वासिला नेता मानिन्छन् ।








HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया