बुधबार, वैशाख १२, २०८१

बैदेशिक रोजगार विभागको महानिर्देशकमा दवाडी

मेरोन्यूज २०७८ वैशाख ६ गते १२:५०

काठमाडौं । वैदेशिक रोजगार विभागको नयाँ महानिर्देशकमा कृष्णप्रसाद दवाडी नियुक्त भएका छन् ।

वैदेशिक रोजगार कार्यालय (ताहाचल) का पूर्वकार्यलय प्रमुख र साउदी अरबस्थित नेपाली दूताबासका पूर्वश्रम काउन्सिलर समेत बनिसकेका सहसचिब दवाडीले विभागको महानिर्देशक भएका हुन् ।

तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाल लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालय बुटवलमा सरुवा भएपछि रिक्त स्थानमा दवाडी नियुक्त भएको सूचना अधिकारी महेन्द्रनाथ भट्टराइले जानकारी दिए ।


गत मंगलबार ७९ जना सहसचिवहरूको सरुवा गर्दा सहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका दवाडी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका हुन् ।

प्रतिक्रिया