बिहीबार, चैत १५, २०८०

सुनको मुल्य बढ्यो, चाँदीको मुल्य स्थिर

मेरोन्यूज २०७८ वैशाख ६ गते १२:३१

काठमाडौं । यो वर्ष चाँदी महंगो भई सुनको मुल्य सरह पुग्ने अपेक्षा भएपनि चाँदी तीन दिनदेखि स्थिर रहेको छ । आज सोमबार सुनको मुल्य भने केही महंगो भएको छ ।

कारोबार हुने साताको दोस्रो दिन आज सोमबार सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा किनबेच भएको छ ।

अन्तराष्ट्रिय क्षेत्रर्मै आर्थिक विश्लेषक र व्यापारीले चाँदीको माग र आपूर्तीमा बढोत्तरी भएकाले ऐतिहासिक मुल्य वृद्धि भई सुनको सापेक्ष पुग्ने विश्वास दाबी गरेपनि चाँदी आइतबार समान प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया