शुक्रबार, वैशाख १४, २०८१

माओवादी केन्द्रको बैठक स्थगित

मेरोन्यूज २०७८ वैशाख ६ गते १२:०१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाईएको वैठक नेताहरुको ब्यस्ततालाई देखाउादै भोलि मंगलवार १ वजेसम्मलाई स्थगित गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल (प्रसान्त)ले जानकारी दिए ।

‘नेताहरुको आज ब्यस्तता देखियो । आजलाई बैठक स्थगित भएको छ । भोलि मंगलवार पून १ बजे वैठक वस्छ’ केन्द्रीय कार्यालय सचिव ढकालले मेरोन्यूजसँग भने ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार फेर्ने कसरथमा जुटिरेहको माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । उसले आजको वैठकवाट कतै ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ की भन्ने अनुमान लगाउन थालिएको थियो ।

प्रतिक्रिया