शुक्रबार, चैत १६, २०८०

पूर्व स्वास्थ्यमन्त्री सुवाल रहेनन्

मेरोन्यूज २०७८ वैशाख ६ गते ११:४२


काठमाडौं । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ । उनको आफ्नै निवास काठमाडौंको झोछेँमा आइतबार बेलुकी निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

उनी ९३ वर्षका थिए । प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी काठमाडौँ नगरको मेयर पनि भएका थिए ।

परोपकार संस्थाको अध्यक्षको भूमिका पनि उनले निर्वाह गरेका थिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने भएको छ ।

Advertisement

प्रतिक्रिया