बिहीबार, वैशाख १३, २०८१

संसदको हिउँदे अधिवेशन अन्त्य

मेरोन्यूज २०७८ वैशाख ६ गते ११:२८


काठमाडौं । संघयि संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै (सोमबार) दिउँसो १ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेकी हुन् ।

मंगलबार प्रतिनिधीसभाको बैठक तय भइसकेको अवस्थामा संसद अधिवेशन अन्त्य भएको छ ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधीसभा गत पुस ५ मा विघटनको निर्णय लिएपछि सर्वाेच्चले त्यसलाई असम्वैधानिक ठहर गदै ब्यूताईदिएको थियो । त्यसपछि प्रतिनिधि सभाको हिउँदे अधिवेशन गत फागुन २३ गतेबाट सुरु भएको थियो ।

त्यसयता हिउँदे अधिवेशनको ९ वटा बैठक चलेपनि प्रभावकारी हुन नसकेको टिप्पणी हुँदै आएको छ । ९ वटा बैठक सञ्चालन हुँदा समेत कुनै पनि विधेयक संसदमा टेबलसम्म भएन ।

अभिवेशन नरहेको बेला सरकारले ल्याएका अध्यादेश समेत टेबल हुन सकेन । सर्वोच्चको आदेशपछि पूर्नस्थापित प्रतिनिधि सभाको यो अधिवेशन निष्प्रभावी जस्तै बनेको टिप्प्णी हुन थालेका बेला सरकारले अधिवेशन अन्त्यको लागि राष्टपतिलाई सिफारिस गर्ने निर्णय आजै बसेको मन्त्रिपरिष्दा्को आकस्मिक बैठकले गरेको थियो ।

सरकारको सिफारिसमा राष्टपतिले पनि अधिवेशन अन्त्यको निर्णय लिएकी हुन् ।

प्रतिक्रिया