शुक्रबार, वैशाख १४, २०८१

राप्रपाको महाधिवेशन सार्ने तयारी

मेरोन्यूज २०७८ वैशाख ६ गते ११:०७

काठमाडौं । पूराना पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सचिवालयको वैठक बोलाएको छ ।

दिउँसो २ बजे राप्रपाको बैठक वस्ने छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार, बैठकमा पार्टीको निर्धारित महाधिवशेनका विषयमा छलफल हुने छ । महाधिवेशन २५– देखि २८ वैशाख सम्म तोकिएको छ ।

तर महाधिवशेन आउन २० दिन वाकी छँदा सम्म सक्रिय सदस्यता अझै राप्रपाले टुग्याउन सकेको छैन । सदस्यता नटुग्गिएकोले राप्रपाले स्थानिय तहका अधिवेशनहरु पनि गर्न सकेको छैन ।

सदस्यता र स्थानिय तहका अधिवेशन नटुग्गिएकोले निर्धारित मितिमै पार्टीको महाधिवशेन गर्न राप्रपाभित्र जटिलता देखिन थालेको छ । सोही कारण आज बस्ने बैठकमा महाधिवशेनको मिति सार्ने बारेमा छलफल हुने वताईएको छ ।

प्रतिक्रिया