शुक्रबार, वैशाख १४, २०८१

शहरी क्षेत्रको विद्यालय बन्द गर्ने सरकारको निर्णय

मेरोन्यूज २०७८ वैशाख ६ गते १०:४५

काठमाडौं । सरकारले कोरोनाको जोखिम वढेको निश्कर्ष निकाल्दै तत्कालका लागी शहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय वन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय सरकारले गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ,’ गुरुङले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ (१४ जिल्ला) लाई लाई अति प्रभावित जिल्लाका रुपमा वर्गीकरण गरेर तत्काल विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताउँदै आएको थियो ।

त्यस्तै सरकारले रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

ती क्षेत्रहरुमा मान्छेहरुको भीडभाड हुदा कोरोना जोखिम वढेको सरकारको निश्कर्ष छ । यी क्षेत्रहरु बन्द गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको थियो ।

अव २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी सरकारले त्यस्तो भेलामा पनि रोक लगाउने निर्णय गरेको हो ।

र‌गंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइने निर्णय पनि सरकारले गरेको छ । यसो हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज अव दर्शकविना सन्चालन हुनेछ ।

प्रतिक्रिया