बिहीबार, वैशाख २०, २०८१

प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

मेरोन्यूज २०७८ वैशाख ६ गते १०:४०

काठमाडौं । सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकोे हो । बैठकले सोमबार (आजै) दिउँसो एक बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

वर्षे अधिवेशन अर्थात बजेट अधिवेशन बोलाउने बेला भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधि सभाको हिउँदे अधिवेशन गत फागुन २३ गते सुरु भएको थियो । हिउँदे अधिवेशनको ९ वटा बैठक चलेपनि प्रभावकारी हुन नसकेको टिप्पणी हुँदै आएको छ । ९ वटा बैठक सञ्चालन हुँदा समेत कुनै पनि विधेयक टेबल भएन ।

अभिवेशन नरहेको बेला सरकारले ल्याएका अध्यादेश समेत टेबल हुन सकेन । सर्वोच्चको आदेशपछि पूर्नस्थापित प्रतिनिधि सभाको यो अधिवेशन निष्प्रभावी जस्तै बन्यो ।

प्रतिक्रिया