शनिबार, वैशाख ८, २०८१

एमालेको महाधिवशेन आयोजक कमिटीको बैठक बस्दै

खनाल–नेपाल समूहले बहिस्कार गर्ने

मेरोन्यूज २०७८ वैशाख ६ गते १०:२४

काठमाडौं । नेकपा एमालेले पछिल्ला राजनीतिक विषयमा छलपल गर्न महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

दिउँसो १ बजे वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकमा राजनीतिक, चुनावी र बैचारिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, १०औं महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

महाधिवशेन आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको झलनाथ खनाल र माधव नेपाल समूहका नेताले भने बैठकमा सहभागी नहुने बताएका छन् ।

माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरु बैठकमा सहभागी नहुने बताइन् । महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै उनले बैठकमा नजाने बताएकी हुन् ।

यसअघि हिजो एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया