शुक्रबार, चैत १६, २०८०

आजको राशिफलः वैशाख ६ गते सोमबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख ६ गते ६:२६

काठमाडौं । आज २०७८ वैशाख महिनाको ६ गते सोमबार, चैत्र शुक्लसप्तमी तिथि ।

मेष
आँखा, अनुहार तथा दाँतमा चोट पटक लाग्न सक्छ । बोलीमा नरमपना ल्याउँदा शुभ हुने छ । पारिवारिक जीवनमा तनाब उत्पन्न हुने छ । प्रेमि तथा प्रेमिकाको माया प्राप्त हुने छ । पेशागत जीवनमा उपलब्धीहरु प्राप्त हुने छन् ।

वृष
वित्तिय लाभ प्राप्त हुने छ । आक्रोश बढ्ने भएकाले यसलाई नियन्त्रण गर्न सकेमा फाइदा मिल्ने छ । जीवनसाथिको भूमिकालाई बढावा दिन सकेमा आर्थिक उन्नतिमा मद्धत मिल्ने छ ।
तल्लो पेट तथा गुदद्वार विषयमा सतर्क रहँदा उपयुक्त हुने छ । भाग्यको साथ रहनाले पेशागत जीवनमा उन्नति हुने छ ।

मिथुन
अनियन्त्रित रिस उठ्ने तथा दुविधात्मक व्यक्तित्व हुने भएकाले व्यक्तित्वमा गिरावट आउने छ ।
शारीरिक रोग व्याधिको प्रकोपले सताउला । भाग्यको साथ रहने छैन् जसले निकै ढिला गरि मात्र कार्य सफलता प्राप्त हुने छ । साभेदारीमा कार्य गरेमा सफलताको मात्रा बढोत्तरी हुने छ ।

कर्कट
प्राविधिक क्षेत्रमा सफलता प्राप्त हुने छ । ब्यापार विजनेशमा उन्नति हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । भाग्यको साथ नभएको जस्तो भने लागि रहने छ । सन्तानहरुका क्रियाकलापबाट अपजस आउने छ । राजनीतिक क्षेत्रका व्यक्तिहरुलाई मानसम्मान तथा भुमिका बृद्धि हुन पुग्ने छ ।

Advertisement

सिंह
भाग्यको साथ रहने छ । पेशागत जीवन तथा रोजगारीमा सफलता मिल्ने छ, उन्नति प्रगतिको ढोका खुल्ने छ भने आम्दानीमा पनि बढोत्तरी हुने छ । ब्यक्तित्वको प्रभाव बढ्न पुग्ने छ ।
साझेदारीमा भने खटपट उत्पन्न हुन पुग्ने छ, विश्वासको अभाव हुन जाने छ ।

कन्या
कर्मशिलतामा बृद्धि हुने छ । पेशागत जीवन तथा ब्यापार विजनेशमा बढि जुध्नु पर्ने देखिन्छ । रोजगारी तथा अफिशियल क्रियाकलापहरुमा आरोप प्रत्यारोप तथा अपमानको अवस्था आउने भएकाले सतर्क भएर मात्र अघि बढ्दा उत्तम हुने छ । दम्पत्तिमा वादविवाद बढ्ने छ ।

तुला
बोलिको प्रभाव घट्ने छ । दाम्पत्य जीवनमा बादबिबाद चर्किन पुग्ने छ । ब्यापार विजनेशमा फाइदा मिल्ने छ । आँखा, अनुहार तथा दाँत आदीमा चोट पटक लाग्ने खतरा देखिन्छ ।
विशेष गरि सेवा क्षेत्र, न्यायालय आदीमा कार्यरतहरुको पेशागत जीवनमा शुभ देखिन्छ । भाग्यको अभिबृद्धि हुने छ ।

वृश्चिक
टाउको झुम्म भएको जस्तो भइरहने छ भने मनमा अलि नकारात्मक चिन्तन बढ्न पुग्ने छ । मन उदास हुने छ । चिसो लाग्ने तथा चिसो सम्बन्धी समस्याले पिरोल्ने छ । पेशागत जीवनमा समस्याहरु उत्पन्न हुने छन् ।

धनु
बोलीमा कडापन बृद्धि हुन पुग्ने छ । पारिवारिक जीवनमा मिलन हुने छ । पैतृक सम्पत्तिको उपभोग गर्ने अवसर प्राप्त हुने छ । छोटो छोटो यात्राको अवसर प्राप्त हुने छ । गोलिगाँठो तथा पैतलामा चोट पटकको खतरा रहेकाले सतर्क रहँदा उपयुक्त हुने छ ।

मकर
सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि प्राप्त हुने छ । फलाम, गाडि, सवारीसाधन सम्बन्धी विषयमा लाभ प्राप्त हुने छ । रिस नियन्त्रण गर्न सकेमा व्यक्तित्वमा निखारता आउने छ ।
सूचना, प्रविधि, तथा शेयर बजारसम्बन्धि क्षेत्रमा संलग्न हुँदा लाभ प्राप्त हुने छ । दाम्पत्य जीवनमा भने वादविवाद बढ्ने छ ।

कुम्भ
प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरुमा सफलता प्राप्त हुने छ । बुद्धिको विकास हुने छ । छाति, मुटु, फोक्सो तथा स्तन सम्बन्धी विषयमा सतर्कता अपनाउँदा उत्तम हुने छ । भित्रि बुद्धि लगाएर पेशागत जीवनमा अघि बढेमा उत्तम हुने देखिन्छ । अनुसन्धान, पुरातत्व, फोहर मैला व्यवस्थापन आदी जस्ता क्षेत्रमा संलग्नहरुल पेशागत सफलता प्राप्त गर्ने देखिन्छ ।

मीन
घर जग्गा सम्बन्धी विषयमा लाभ प्राप्त हुने छ । यस क्षेत्रसँग सम्बन्धी कार्य सफल हुने छन् । पेशागत जीवनमा भने समस्या तथा बद्नामी अवस्था आउन सक्ने देखिन्छ । भाग्यको साथ रहने छैन । शुरुमा परिवारमा नेतृत्व गर्ने अवसर आउने भएता पनि उक्त भुमिका लागि निभाउन नसक्दा विश्वास घट्न पुग्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया