बिहीबार, वैशाख २७, २०८१

गृहमन्त्री बादलद्वारा पदभार ग्रहण(फोटाे फिचर)

मेरोन्यूज २०७८ वैशाख ५ गते २२:१०

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले आज गृहमन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गाेपनियताकाे शपथ लिएपछि थापाले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।

Advertisement

राष्ट्रपति भण्डारीले आजै थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे । पदभार ग्रहणपछि गृहमन्त्री थापाले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए । नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमालेमा समाहित भएसँगै राष्ट्रियसभा सदस्य र मन्त्री पद गुमाएका ‘बादल’ले पुनः गृहमन्त्रीका रुपमा शपथ लिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वदर गर्ने सर्वोच्च अदालतको फैसलापछि एमालेमा समाहित भएका बादलको सासंद पद रिक्त गराउन माओवादी केन्द्रले संघीय संसद् सचिवालयलाई लिखित पत्र दिएको थियो । संसद् सचिवालयले आइतबार बिहान बादलको सांसद पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।

प्रतिक्रिया